एक विशाल देश
परीक्षामा छैन यो भाग पढ्न लायक छ, तर नागरिकता परीक्षाले यसबारे कहिल्यै सोध्दैन।
आदिवासी तथा टोरेस स्ट्रेट टापुवासी जनजातिहरूको भूमिसँग विशेष सम्बन्ध छ। तिनीहरूले सधैं आफ्ना छिमेकीहरूसँगको सम्पर्कलाई मूल्य दिएका छन् र भेट्नका लागि लामो दूरी यात्रा गर्छन्। आदिवासी तथा टोरेस स्ट्रेट टापुवासी जनजातिहरूका 'सङ्-लाइन्स' ('song-lines') ती कथाहरू हुन् जसले परम्परागत कानुन, इतिहास र संस्कृतिलाई भूगोलसँग जोड्छन्, र अस्ट्रेलियाभरि फरक-फरक सांस्कृतिक तथा भाषिक समूहहरूमा फैलिएका छन्। ती हजारौं वर्षदेखि कायम राखिएका र अभ्यास गरिँदै आएका छन्।
अस्ट्रेलियाका धेरै भागमा, मानिसहरूको विद्यालय, स्वास्थ्य सेवा र पसलजस्ता सेवाहरूमा सीमित पहुँच छ, जुन अन्य अस्ट्रेलियालीहरूले सामान्य ठान्छन्। दुर्गम समुदायहरूमा बस्ने मानिसहरूलाई सहयोग गर्न हामी सँगै काम गर्छौं। उल्लेखनीय अस्ट्रेलियालीहरूले सरलता र नवप्रवर्तनमार्फत दुर्गमताका समस्याहरू समाधान गर्न मद्दत गरेका छन्।
सरकारी पुस्तिका Australian Citizenship: Our Common Bond बाट